News Portal

  • ट्रकको ठक्करबाट सर्लाहीमा एक युवकको ज्यान गयो

    प्रेमनाथ पाैडेलसर्लाही, २८ बैशाख
    ११११ पटक
    सर्लाही, २८ बैशाख

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट एक युबकको ज्यान गएको छ । हरिवन – ११ नोचा चौकमा शुक्रवार बिहान ट्रकको ठक्करबाट एक युबकको ज्यान गएको हो ।

    पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ख २३८७ नम्बर को गोरु बोकेको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको ज ४ प १८८५ नम्बरको मोटर साईकललाई पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनाबाट हरिवन ७ का ३५ बर्षिय बाेलकृष्ण बरालको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
    ट्रकले मोटर साईकललाई ठक्कर दिई युवाको ज्यान लिएपछि आक्रोशमा आएका स्थानिय बासीहरुले १ घण्टा सडक अबरुद्ध गरेका थिए । ठक्कर दिने ट्रकका चालकलाई हदै सम्म कार्बाही गर्ने तथा मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिलाउने सहमति पश्चात् यातायात सुचारु गरिएको हरिवन वडा नम्बर ९ का वडा अध्यक्ष एवम् बार्ता समितिका सदस्य सिताराम पोख्रेलले इभक्तपुरलाई बताए ।

    ट्रक र मोटर साईकल इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको र ठक्कर दिने ट्रकका चालक फरार भएको हुँदा चालकको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...