News Portal

  • सर्बोच्चको फैसला नै नक्कली

    इभक्तपुर संवाददाताकाठमाडौँ, ३१ बैशाख
    १०६१ पटक
    काठमाडौँ, ३१ बैशाख

    काठमाडौँ, वैशाख ३१ गते । सर्वोच्च अदालतको फैसला नै नक्कली भएको पाइएको छ । लागू औषध मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई नक्कली फैसला बनाई छुटाउने प्रयास भएको पाइएको हो ।

    यस्तो छ घटना

    काभ्रेका सुनिल तामाङ सर्वोच्चले २०६९ सालमा तोकेको दुई वर्ष कैद सजाय भोगिरहेका छन । उनको कैद एक वर्ष घटाइएको फैसलाको प्रतिलिपि वैशाख २० गते कारागार कार्यालय जगन्नाथदेवलमा पु¥याइएको थियो ।

    कारागार प्रशाशनलाई यस फैसलामा आशंका पैदा भयो । काभ्रे नमोबुद्धकै नानु तामाङले उक्त फैसलाको प्रतिलिपि कार्यालयमा पु¥याएका हुन् ।

    एक पृष्ठको प्रतिलिपिमा दुई न्यायाधीशको हस्ताक्षर थियो । जसमा न्यायाधीशद्वय प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठको नाम थियो । पत्राचार अदालतको नियमित ढाँचाभन्दा केही फरक प्रकृतिको थियो । फैसला मिति वैशाख २० गते लेखिएको थियो ।

    धमिलो र अस्पष्ट प्रतिलिपि पाएपछि कारागार कार्यालयले आधिकारिकता परीक्षणका लागि कारागारले सर्वोच्च प्रशासनमा वैशाख २८ गते पत्राचार गरेको थियो । कारगारको पत्राचारअनुसार अदालतले रेकर्ड खोजेको थियो । रेकर्ड अनुसार २०६९ पुस १३ गते भएको फैसला नै अन्तिम थियो । तत्कालीन न्यायाधीश सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठले उक्त फैसला गरेका थिए ।

    नक्कली फैसला बनेर कैदी छुटाउन प्रस गर्नेहरुलाई आवश्यक कार्यवाहीको लागि सर्बोच्चले प्रहरीलाई पत्राचार समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...