News Portal

  • गत राति परेको चट्याङले पर्वतमा चट्याङ लागेर ८ वटा घरमा क्षती, ६ महिने बालक घाईते

    इभक्तपुर संवाददाताबैशाख ३१
    ७३१ पटक
    बैशाख ३१

    पर्वत ।

    पर्वतको बिहादी गाउँपालिका १ वाच्छामा चट्याङ लागेर ८ वटा घरमा क्षती पुगेको छ भने एक ६ महिने बालक घाईते भएका छन् । सोमबार राती परेको चट्याङले साविकको बाच्छा गाविस २ उकाला भन्ने ठाउँका घरहरुमा क्षती पुगेको हो ।

    चट्याङको छिर्काले लागेर चोला नेपालीका ६ महिने छोरा चित्रबहादुर नेपाली घाईते भएका छन् । स्थानीय उत्तम परियारका अनुसार डम्बर विकको गोठ भत्किएको छ भने गोठमा रहेको एउटा भैसी मरेको छ । तेजबहादुर नेपाली, कुमारी नेपाली, ईश्वरी नेपाली, तुलवहादुर बि.क, सुनबहादुर बि.क, पूर्णबहादुर दर्जी, तुलबहादुर क्षेत्री र डम्बर बि.क. को घरमा चट्याङ लागेर क्षती भएको छ ।

    बाच्छा प्रहरी चौकीका प्रमुख वैजनाथ हरिजनले बिहान बर्षा संगै बिहान ३.४५ बजेतिर चट्याङ परेको जानकारी दिनुभयो । चट्याङ लागेका घरहरु मध्ये अधिकाँश चर्किएर कामै नलाग्ने भएका छन् । दलित समुदायको वस्तीमा परेको प्राकृतिक विपत्तीले स्थानीय समस्यामा परेको उहाँले बताउनुभयो । घटना लगतै पुगेको प्रहरीले क्षतीको बिबरण अहिले संकलन गरिरहेको छ । क्षतीको सम्पूर्ण लेखाजोखा नभईसकेको प्रहरी प्रमुख हरिजनले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...