भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रममा संलग्न निकाय अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले झापाको एक विद्यालयलाई बस प्रदान गरेको छ । दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयलाई एक थान बस प्रदान गरिएको हो ।
उक्त सामुदायिक विद्यालयमा अध्ययनका लागि टाढाटाढाबाट आउने विद्यार्थीलाई सुबिधा होस् भन्ने उदेश्यसाहित आइओएमले उपहारस्वरुप निशुल्क बस उपलब्ध गराएको बताइएको छ । विद्यालयमा यसअघि एउटा बसद्वारा विद्यार्थी ओसारिँदै आएकोमा अर्को बस थप भएसंगै बिद्यार्थीहरु लाभान्वित भएको प्रअ विष्णुकान्त झाले बताए ।
विहीबार एक कार्यक्रमका बीच आइओएमका अधिकारीले विद्यालयलाई बस हस्तान्तरण गरेका थिए ।