News Portal

  • युवामा साइलेण्ट किलर रक्तचापको समस्या, ९७ प्रतिशतको कारण अझै अज्ञात

    काठमाडौँ, ४ जेठ
    ११७३ पटक
    काठमाडौँ, ४ जेठ

    पछिल्लो समय धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन थालेको छ । स्वस्थकर खानपान, शारीरिक व्यायाम, मानसिक तनावजस्त कारणले उच्चरक्तचापलाई बढाइरहेको छ । मसिनी विकले उच्च रक्तचापको समस्या भएर औषधि खान थालेको वर्ष दिन भयो । सिक्रे नुवाकोटकी विक गाउँमै औषधि नपाइने भएकाले काठमाडौँ आएर औषधि लाने गरेको बताउछिन्। उनले चिकित्सकको सल्लाह अनुसार नियमित रुपमा औषधि सेवन गर्दै आएकी छन् ।

    चालीस वर्षीय कपिल थापाले भने रक्तचाप उच्च देखिएको लामो समयसम्म आफैँ निको होला भन्ने सोचेर औषधि नखाए पनि पछि झन् बढ्दै गएपछि चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्दै छन् ।

    वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मी अहिले २० देखि ३० वर्षका युवामा साइलेण्ट किलर रक्तचापको समस्या देखिन थालेको बताउछन् । उच्च रक्तचापका कारणमध्ये करीब २ देखि ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण अझै पत्ता लागेको छैन ।

    स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार २३ दशमलव ४ प्रतिशत पुरुष र १६ दशमलव ८ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेले पनि २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो ।

    परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान र रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयाघात, मतिष्काघात र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउउछन् ।

    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन्, “पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्क्रियता, नुनको अत्यधिक प्रयोग, पत्रुखाना र फास्टफुड खाने बानी, मानसिक तनाव, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।”

    नेपालमा गरिएका पछिल्ला सर्वेक्षणअनुसार युवामा हुने हृदयाघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्काघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनुमा ९० प्रतिशत कारण पनि उच्च रक्तचाप भएको पुष्टि गरेको चिकित्सक अनिलको भनाइ छ । उनले यस्ता पीडितले नियमित औषधि खानुपर्ने र हरेक एक वर्षमा रगतमा चिल्लो चिनीको मात्रा र उच्च रक्तचापको मात्रा जाँच गराउन आवश्यक रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...