News Portal

  • सांसदले नै नगरपालिकाका कर्मचारीमाथि दुर्व्यवहार गरेपछि सर्लाहीका सबै स्थानीय निकाय ठप्प

    प्रेमनाथ पाैडेलसर्लाही, ४ जेठ
    १२४२ पटक
    सर्लाही, ४ जेठ

    सर्लाहीको कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनकुमार श्रीवास्तवमाथि दुर्ब्यवहार भएको छ । हिजो बिहीवार कार्यालयमा बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ‘ख’ का प्रदेश सभा सदस्य संजयकुमार यादबले कार्यकक्षमा थुनेर दुर्ब्यवहार गरेका हुन् ।

    प्रदेश सांसद् यादबले आफ्नो घर भएको नगरपालिकाको १० नम्बर वडामा कुनै राम्रो विकास योजना नपारेको भन्दै कार्यकक्षमा थुनेर बिना टिप्पणी योजना पास समेत गर्न प्रशासकीय अधिकृतलाई लगाएको कर्मचारीहरुले बताएका छन् । प्रदेश सभा सदस्य यादवले दुर्ब्यवहार गरेपछि कर्मचारीहरुले आज सम्पूर्ण काम ठप्प पार्दै नगरपालिकामा तालाबन्दीसमेत गरे ।

    प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले अब नगरपालिका बसेर काम गर्न समस्या परेकोले सरकारले सुरक्षाको राम्रो ब्यवस्था नगरे सम्म काम गर्न नसक्ने बताए । कर्मचारीहरुले प्रदेश सभा सांसद यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म नगरपालिकाको कुनै काम नगर्ने भन्दै कार्यालयको साँचो मेयर कौशलकिशोर यादवलाई बुझाएका छन् ।

    जनप्रतिनिधिहरुले यसरी पटकपटक कर्मचारीहरु माथि दुर्ब्यवहार गरेकाले यस्तो कामको निन्दा गर्दै शुक्रबारबाट सर्लाहीका २० वटै स्थानीय तहमा तीन दिनका लागि काम ठप्प पारेको स्थानीय तह कर्मचारी संघका सर्लाही अध्यक्ष चित्रबहादुर बिकले बताए । आन्दोलनरत कर्मचारीहरुले दुर्ब्यवहार गर्ने सांसद यादवलाई कार्वाही गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीहरु माथि हुने ज्यादतीको अन्त्य गरिनु पर्ने,कर्मचारीलाई सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु पर्ने माग गरेका छन् ।

    त्यस्तै कर्मचारीहरुको संघर्षको कार्यक्रममा शिक्षकहरुले पनि समर्थन गरेका छन् ।

    यस अघि पनि मलंगवा नगरपालिकाका वरिष्ठ इन्जिनियर राज कपुर महतोलाई वडा अध्यक्षहरुले कुटपिट गरेका थिए । त्यसैगरी नै हरिपुर नगरपालिकाका कार्यकारी अधिकृत यादव सापकोटालाई पनि नगरपालिका मेयर जमुरुदिन मंसुरले जबर्जस्ती योजनाको रकम भुक्तानी गर्न लगाएपछि उनले नगरपालिकाको काम छाडेर मन्त्रालय हाजिर भएका थिए । मेयर मंसुरले कार्यकर्तालाई बाड्न बिना योजना २७ लाख रुपैयाँ निकासा गरेको र अन्य योजनाहरुमा पनि लागत अनुमान बिना जथाभावी भुक्तानी गर्न थालेपछि मेयर र कार्यकारी बिच विवाद बढेको कर्मचारीहरूले बताएका छन्।

    जनप्रतिनिधिहरुले स्थानीय सरकार संचालन ऐनको बारेमा राम्रोसँग अध्यन नगरेकाले पनि यस्तो समस्या आउने गरेको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले यथास्थितिमा काम गर्न नसक्ने नेपालवालसंग जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...