News Portal

  • प्रधानमन्त्री ओलीको प्रश्न ” काँग्रेसलाई कसले दियो च्यवनप्रास् ?”

    बाबुराम दाहालकाठमाडौँ, ४ जेठ
    ११७४ पटक
    काठमाडौँ, ४ जेठ

    नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमाथि कटाक्ष गरेका छन् । शुक्रवार विघठित नेकपा माओबादी केन्द्रको पेरिसडाडास्थित केन्द्रिय कार्यालय अवलोकन गर्न पुगेका प्रम ओलीले एक कार्यक्रमका बीच काँग्रेसप्रति कटाक्ष गरेका हुन् ।

    ”काँग्रेस तङ्ग्रिएको भन्ने समाचार आज देखें । नेकपा निर्माण भएको एकैरातमा काँग्रेस कसरी तङ्ग्रियो ? कस्ले दियो यस्तो च्यवनप्रास ?” उनले भने । प्रम ओलीले हिजो एकता हुदैहुदैन भनेर भन्नेहरु नै आज एकता धेरै दिन टिक्दैन भनेर भविष्यबाणी गर्न लागि परेको आरोप समेत लगाएका छन । केहि मान्छेहरु हातधोएर एकताको खिलाफ लागेको बताउदै उनले एकता टुट्ने होइन फल्ने फुल्ने र अमर हुने दावी गरे ।
    कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको उदेश्य बिकशित नेपाल निर्माण भएको बताउदै अब नेपाली समाज जेटको गतिमा बिकाश हुने बताए । ” पहिले लेनिनले रेलको गतिमा समाज बिकाश गर्ने कुरा गर्नुभो । अब हामीलाई त्यति छुट पनि छैन, हामी जेटको गतिमा नेपाली समाजको बिकाश गर्छौ । अध्यक्ष प्रचण्डले भने ।

    दुवै अध्यक्षलाई पेरिसडाँडामा नेता कार्यकर्ताले स्वागत गरेका थिए भने उनीहरुले त्यहाँ स्थित शहिद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण समेत गरेका थिए । उक्त अवसरमा बरिष्ठ नेता माधव कुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, बिष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...