News Portal

  • सबैभन्दा कम उमेरका सिडिओ पौडेलले गरे सेवाग्राहीलाई तातोचिसोको व्यवस्था

    नेपालवाल संवाददातारसुवा, ४ जेठ
    १२५७३ पटक
    रसुवा, ४ जेठ

    सरकारी कार्यालयमा तातो चिसो सोध्ने कुरा तपाईलाई बिश्वास नलाग्न सक्छ तर जिल्ला प्रशासन कार्यालय रसुवाले यस्तै नमूना काम गरेर सेवाग्राहीको मन जित्ने कार्यको शुभारम्भ गरेको छ ।

    ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमध्ये सम्भवत: सबैभन्दा कम उमेरका प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्ण पौडेल रसुवामा रहेका छन् । सेवाग्राहीको सन्तुष्टी नै कर्मचारीको लक्ष हुनुपर्ने भन्दै ३२ वर्षिय प्रजिअ पाैडेलले जिप्रकामा यस किसिमको व्यवस्था गरेपछि सेवाग्राहीहरू दंग परेका छन् ।

    कार्यालयमा काम लिएर गएका सेवाग्राहीहरुलाई रुची अनुसार नि:शुल्क तातो/ चिसो पानी र चिया पिउने व्यवस्था मिलाइएको छ । त्यतिमात्र होइन, उनीहरुलाई कार्यालयले फ्रि वाइफाईको समेत व्यवस्था गरिदिएको छ । सेनिटरी प्याड र फष्ट एडका सामान पनि कार्यालयले उपलब्ध गराइदिएको छ ।

    सेवाग्राहीलाई काम नसकिउञ्जेल कुरेर बस्न सास्ती नहोस भनेर समय कटाउन कार्यालयले फ्री वाइफ़ाइको व्यवस्था मिलाइदिएको बताइएको छ । त्यसैगरी महिलाहरुलाई रजस्वला भएको बेलामा अप्ठ्यारो नहोस् भनेर सेनिटरी प्याड राखिएको र सामान्य बिरामी भएको बेला उपचारका लागि प्राथमिक उपचार बक्समा सामान्य औषधीहरुको व्यवस्था गरिएको जिप्रकाले बताएको छ ।

    सेवाग्राहीलाई करले सेवा गर्ने नभई कर्तव्यबोधसहित रहरले सेवामा जुट्नसमेत प्रजिअ पौडेलले कर्मचारीहरुलाई निर्देशन दिएको एक कर्मचारीले बताए । ” सिडिओसाबमा नयाँ उर्जा छ , हामी पनि उहाँको काम गर्ने तरीकाबाट उत्साहित छौ ।” उनले भने ।

    सेवाग्राहीलाई लक्षित गरी कार्यालयले दिएको अतिरिक्त सेवाबाट सेवाग्राहीहरुले कार्यालयप्रति अपनत्व राख्ने र यसले कर्मचारी र सेवाग्राही बीच आत्मियता बढाउने प्रजिअ पौडेलको बिश्वास छ । ”हाम्रो काम मात्र होइन, बोलीचाली र व्यवहार पनि सेवाग्राही मैत्री हुनुपर्छ भन्ने मान्यतासाथ सेवाग्राहीलाई कार्यालयप्रति आफ्नोपनको महसुस गराउदै सेवा दिन हामीले प्रयास गरेका हौ ।” प्रजिअ पौडेलले भने ।

    पछिल्लो समय कर्मचारीतन्त्रप्रती समाज सकारात्मक बन्न नसकिरहेको अवस्थामा पौडेल जस्ता युवा पिढीबाट केहि सकारात्मक सम्भावना र सुधारको अपेक्षा गर्न सकिन्छ । सरकारी सेवालाइ शान र सौकतको बिषय नबनाएर सेवकको रुपमा प्रस्तुत हुने यो चरीत्र स्वागतयोग्य देखिन्छ ।

     

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...