News Portal

  • खाना पस्कने पन्युले झटारो हानी हत्या

    रामहरि दाहालसिन्धुली, ५ जेठ
    ११६१ पटक
    सिन्धुली, ५ जेठ

    भनिन्छ लोग्नेस्वास्नीको झगडा परालको आगो जस्तो हो । छिट्टै सल्कन्छ र छिट्टै निभ्छ । तर, सामान्य झगडामा यहाँ एकजनाले आफ्नो श्रीमतीको हत्या गरेका छन ।

    जिल्लाको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।

    ४६ वर्षीय स्थानीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको हत्या गरेका हुन् । शुक्रबार रक्सी खाने पैसा माग्दा नदिएपछि आवेशमा आएका एकिङबहादुरले सुपरानीको जीवन नै समाप्त पारिदिए ।

    गोलेले खाना पस्कने पन्युले झटारो हान्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार शुक्रबार अपरान्ह गोले दम्पतीको सामान्य बिबाद बढ्दै गएपछि एकिङबहादुरले श्रीमती सुपरानीलाइ खाने पस्कने पन्यूले झटारो हानेका थिए । पन्यु सुपरानीको टाउकोमा गाडिएपछि उनको तत्कालै ज्यान गएको थियो ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...