News Portal

  • बाबियाखर्क साकोसद्वारा नि:शुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न

    नेपालवाल संवाददाताकाठमाडौँ, ६ जेठ
    २६२८ पटक
    काठमाडौँ, ६ जेठ

    काठमाडाैं-३१ शान्तिनगरमा निशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ । बाबियाखर्क बचत तथा ऋण सहकारी सस्था लिमिटेडको प्रमुख आयोजनामा शनिवार उक्त शिविर सम्पन्न भएको हो ।

    बाबियाखर्क साकोस लगायत रामेछाप बाबियाखर्क समाज, जागृतिनगर टोलसुधार समिति एवम् जागरुक महिला समुह समेत आयोजक रहेको शिविरमा स्वस्थ मिर्गौला , स्वस्थ नेपाल भन्ने अभियान चलाइरहेको रास्ट्रिय मिर्गौला उपचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

    वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ॠषिकुमार काफ्लेको नेतृत्वमा डा.वर्षा श्रेष्ठ लगायत २५ जनाको चिकित्सक टिमद्वारा उक्त शिविरमा सेवा प्रदान भएको बाबियाखर्क साकोसका प्रबन्धक रमेश घिमिरेले जानकारी गराएका छन् । शिविरमा आफ्नो मिर्गौलाप्रति सचेत सस्थाका ३ सय ११ जना सदस्य तथा सम्भावित सदस्यहरूले मृगौला परीक्षण गराएका उनले बताए ।

    मिर्गौला परीक्षण गरिएका ३ सय ११ मध्ये करीव ९ प्रतिशतमा मृगौला सम्बन्धि र चिनिरोगको उच्च समस्या देखिएको, करिब १५ प्रतिशतमा शरीरको उचाई र उमेरको हिसाबले अधिक तौल देखिएको तथा करिब ५ प्रतिशतमा कम तौल पाइएको वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ॠषिकुमार काफ्लेले रिपोर्ट गरेका थिए । डा. काफ्लेले अधिक समस्या देखिएका बिरामीहरुलाई शिघ्र उपचारका उपाय समेत सुझाएका थिए ।

    शिविरमा मिर्गौला स्वस्थ राख्ने उपायहरु र मिर्गौला खराब भएको थाँहा पाउने तरीकाहरुको बारेमा जानकारी गराइएको थियो भने समस्या आएपछिका सावधानीका बारेमासमेत सुसूचित गरिएको थियो ।

    उक्त अवसरमा मिर्गौला बचाअाैं अभियानले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको सहयोगार्थ आर्थिक सहयोग समेत संकलन गरेकाे थियो । उक्त अभियानकालागि ५० जनाले स्वेच्छिक रकम दान गर्दा करीव ५० हजार रुपैयाँ संकलन भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...