News Portal

  • मन्त्री पोखरेलको आग्रहपछि काठमाडौका मेयर पछि हटे : देशकै पहिलो विद्यालयले पायो न्याय

    नेपालवाल संवाददाताकाठमाडौँ, ७ जेठ
    १७८५ पटक
    काठमाडौँ, ७ जेठ

    शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले भुकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको काम आजैबाट शुरु भएको घोषणा गरेका छन् । भुकम्पको तीन बर्ष सम्म पनि देशकै पहिलो विद्यालयको पुनर्निर्माणको काम शुरु हुन सकेको थिएन ।

    मन्त्री पोखरेलले दुई बर्ष भित्र बिद्यालय पुननिर्माणको काम सक्नेसमेत बताएका छन । कठमाण्डौंको रानीपोखरीमा रहेको भुकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको सन्दर्भमा भएको छलफल तथा निरिक्षणको क्रममा मन्त्री पोखरेलले हरेक स्कुलको समस्या समाधानको निम्ती आफैंले पहल लिएर तुरुन्तैं पुननिर्माण प्राधिकरण संग समन्वय गर्दै २ बर्षभित्र सुरक्षित बिद्यालय निर्माण गर्ने प्रतिवद्धता प्रकट गरे ।

    पछिल्लो पटक विद्यालयको नक्सा स्विकृत भएर अनुमति लिने प्रकृया शुरु भए पनि अण्डरग्राउण्ड पार्किङ्क को विवादले निर्माण कार्य अघि बढ्न सकेको थिएन । विद्यालयले गएको बैशाख २४ गते ईजाजत पत्र प्राप्त गर्नका लागि आवश्यक कागजात महानगरमा पेश गरेको थियो । सोही अनुसार प्लिन्थ लेभल सम्मको निर्माणका लागि ईजाजत दिन पत्र तयार भईसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाले जानकारी दिए ।

    काठमाडाैं महानगरपालिकाका मेयर उक्त ठाउमा पार्किङ्ग बनाउन चाहन्थे त्यसैले बिद्यालय निर्माण कार्य अगाडी बढ्न सकेको थिएन ।

    ब्यस्त शहरका विचमा रहेको संरचनामा पार्किङ् बनाउँदा शहर ब्यवस्थित हुने मेयरको सोचका कारण देखिएको अलमल अब हटेको मन्त्री पोखरेलले बताए । अन्तिम समयमा आएर नक्सा संशोधन गर्दा उपयुक्त हुँदैन भन्ने कुरा भए पछि महानगरपालिका यही नक्सा पास गर्ने निर्णयमा पुगेको उनको भनाई छ ।

    “मेयरको ठाउँमा बसेर सोचौं त ! ब्यवस्थित शहर बनाउन के–के आवश्यक पर्छ भन्ने कोणबाट उहाँले सकिन्छ भने पार्किङ् बनाउँ न त भन्ने धारणा राख्नु भएको रहेछ’ विद्यालयका आयोजित कार्यक्रममा मन्त्री पोखरेलले भने, ’चीन सरकारको सहयोगमा बन्न लागेको भवनका लागि निर्माणमा संलग्न हुने जनशक्ति समेत आईसकेको अवस्थामा नयाँ सर्त राख्न नमिल्ने बारेमा छलफल भए पछि हामी यो निर्णयमा पुगेका हौं ।’

    उक्त कार्यक्रममा मेयर विद्या सुन्दर शाक्य भने अनुपस्थित थिए । मेयर शाक्य कामका शिलशिलामा हेटौंडामा भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको मन्त्री पोखरेलले जानकारी गराएका छन ।

    कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाले एक हप्ता भित्रै निर्माण अनुमतिको काम सक्ने प्रतिवद्धता जाहेर गरे ।

    ’हामी चाँडै नै अनुमतिको प्रकृया सक्छौं’ उनले भने, ’यसका लागि आवश्यक प्रकृयागत काम १ दिनमै पनि सकिन सक्छ, नभए दुई दिन लाग्ला तर एक हप्ता भन्दा धेरै लाग्दैन ।’

    विद्यालय रहेको वडा नम्बर २७ का वडाध्यक्ष चिनियामान बज्राचार्यले ऐतिहासिक विद्यालयको पुनर्निर्माणमा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए ।

    विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले विद्यालयलाई नमूना बनाउन आफूहरु कृयाशिल रहने प्रतिवद्धता जनाएका थिए ।

    विक्रम सम्बत १९१० सालमा देशकै पहिलो विद्यालयका रुपमा दरवार हाईस्कुल खुलेको हो । कुनै बेला यहाँ पढ्न राणा अथवा राणाले ईच्छाएका ब्यक्ति नै हुनुपथ्र्यो, २००७ सालमा प्रजातन्त्र आए पछि दरवार हाई स्कुलमा जनताका छोरा छोरी पनि पढ्न पाएका हुन् ।

    डेढ शताव्दि भन्दा धेरै लामो इतिहास बोकेको ऐतिहासिक विद्यालय भएर पनि दरवार हाईस्कुलको अवस्था दिनदिनै खस्कदैं गएको छ । अहिले विद्यालयमा जम्मा १३९ विद्यार्थी छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...