महोत्तरीमा दुई मितिनिहरुले मिलेर आत्महत्या गरेका छन । आवेशमा आएर यी दुई किसोरीहरुले विष खाएर आत्महत्या गरेको बताइएको छ ।
ढिलो गरि घर फर्केको बिषयमा आमाले गाली गरेपछि त्यही गाली नै आत्महत्याको कारण बनेको प्रहरीले बतायो । मृत्यु हुनेमा बलवा-१ कि १५ वर्षीया चाँदनीकुमारी झा र १६ वर्षीया खुशीकुमारी चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
घटना सोमबार साँझ घटेको थियो । आमाको गालीबाट आवेशमा आएका उनीहरु बिष सेवन गरेर बेहोस बनेपछि परिवारले थाहाँ पाएको थियो । उपचारको लागि जनकपुर अञ्चल अस्पताल पुर्याइएको भएतापनि अस्पतालले उनीहरुलाई बचाउन सकेन ।
घटनाको बिषयमा थप अनुसंथान भैरहेको प्रहरीले भनेको छ ।