News Portal

  • यी हुन एमाले–माओवादी एकताबाट असन्तुष्ट नेताहरु

    काठमाडौं, ८ जेठ
    ९११ पटक
    काठमाडौं, ८ जेठ

    एमाले–माओवादी बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि पूर्वएमाले र पूर्वमाओवादीका केही नेता असन्तुष्ट देखिएका छन् । असन्तुष्ट हुनेहरुमा पूर्वएमालेका बढी नेता देखिएका छन् ।

    पूर्वमाओवादीका केही नेता वैचारिक रुपमा असन्तुष्ट भएर एकता पूर्व नै आफ्नो बाटो लागे । वैचारिक रुपले असन्तुष्ट भएर बाहिरिनेमा गोपाल किराँती, आहुति, लोकेन्द्र बिष्ट लगायतका नेताहरु थिए ।

    तर, पूर्व एमालेका नेताहरु एमाले–माओवादी एकताप्रति सहमत भए पनि जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्ट देखिएका छन् । असन्तुष्ट हुनेहरुमा बरिष्ठ नेता झलनाथ खनाल देखि भीम रावल, ईश्वर पोखरेल, योगेश भट्टराई, घनश्याम भुसाल लगायत छन् ।

    बरिष्ठ नेता झलनाथ खनालले आफूलाई चौथो बरियतामा राखेकोप्रति असन्तुष्टि जाहेर गरेका छन् । भीम रावलले हाई कमाण्डमा आफूलाई नराखेकोमा असन्तुष्ट छन् । रावलले त निर्णयमा पूनर्विचार नगरे आफूले कडा कदम चाल्ने चेतावनी नै दिएका छन् ।

    पूर्वएमालेबाट बरिष्ठ नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ लगायतलाई किनारा लगाउँदै उपमहासचिव विष्णु पौडेललाई नेतृत्वमा ल्याएपछि नेताहरु असन्तुष्ट देखिएका हुन् । यद्यपि, पार्टी एकतामा नेता पौडेलले निर्णायक भूमिका खेलेका थिए ।

    पूर्वमाओवादीबाट एकतामा भूमिका खेल्ने जनार्दन शर्मा पनि नेतृत्वका लागि आकांक्षी थिए । तर, पूर्वमाओवादीमा उनीभन्दा अघिल्लो बरियतामा धेरै नेता रहेका कारण उनले ठूलो जिम्मेवारीको अपेक्षा गरेका थिएनन् । शर्माले आफू एकताको पक्षमा रहेको र पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने बताइसकेका छन् ।

    अहिलेको असन्तुष्टि हेर्दा भीम रावलले यत्तिकै चित्त बुझाउने देखिँदैन । ईश्वर पोखरेल आन्तरिक रुपमा निरास भए पनि बाहिर एकता ठीकै हो भन्नेमा देखिएका छन् । अहिलेको असन्तुष्टि हेर्दा नेताहरु नयाँ मोर्चाबन्दीका लाग्ने संकेत गरेका छन् ।

    पार्टी एकतामा धेरै नेताहरुको व्यवस्थापन गर्न कठिन भएकाले पनि असन्तुष्टिको पारो बढिरहेको छ । मोर्चा र जनवर्गीय संगठनको एकतासम्म आउँदा आकांक्षाहरु आक्रोशमा बदलिने खतरा छ । हेरौं, ओली–प्रचण्डले संगठनात्मक चुनौतिको बिकल्प कसरी अघि सार्छन् ? धेरै कुरा यसैमा निर्भर देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...