नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्गठन भएको एक हप्तापछि केन्द्रिय समितिको पहिलो बैठक बस्ने भएको छ । आज बिहीबार प्रम निवास बालुवाटारमा पहिलो बैठक बस्न लागेको हो ।
जेठ ३ गते घोषणा भएको नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रिय समिति रहेको छ । त्यसमा ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालयको व्यवस्था गरिएको छ ।
आज अपराह्न ४ वजे बस्ने बैठकमा परिचय आदान प्रदान गरिने तथा पार्टी एकीकरणको उद्देश्य ,औचित्व र पार्टी सञ्चालन विधिको बारेमा ब्रिफिंग हुने जानकारी प्राप्त भएको छ ।