News Portal

  • श्रीमतीको हत्या गरेर फरार अभियुक्त पक्राउ

    इलाम, ११ जेठ
    ६०७ पटक
    arrestइलाम, ११ जेठ

    आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

    माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बूको हत्या गरेको बताइएको छ ।

    गएराति खुकुरी प्रहार गरी घाइते बनाइएकी लिम्बूको इलाम अस्पतालमा मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार भएका अभियुक्त मदन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय इलामले आज पक्राउ गरेको हो ।

    घटना भएको स्थान नजिकै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...