News Portal

  • सरकारको सय दिन : सामान्य गति, दर्जन् विसंगति

    काठमाडौँ, ११ जेठ
    ७५१ पटक
    काठमाडौँ, ११ जेठ

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको सय दिनमा सामान्य गति र एक दर्जन विसंगति देखिएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो मार्फत सरकारको १२ वटा विसंगति प्रस्तुत गरेका छन् ।

    कांग्रेसले पहिल्याएको १२ विसंगतिमा प्रधानमन्त्रीले देश, जनता र भगवानको नाममा सपथ नखाएको विषय उठाइएको छ । मेरो देशको प्रधानमन्त्रीले भगवानको नाममा, देश र जनता कसैको नाममा पनि सपथ लिनु नपर्ने ? विसंगतिको सुरुवात यहीँबाट भयो’ शर्माले भनेका छन् ।

    कांग्रेस नेतृत्वको सरकारले गरेको राष्ट्रियसभाका तीन जना सदस्य मनोनयनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गर्नुमा सरकारको मनोवैज्ञानिक दबाब र उत्प्रेरणा रहेको भन्दै शर्माले यसलाई पनि विसंगतिमा राखेका छन् ।

    राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागजस्ता निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुलाई पनि कांग्रेसले सरकारको विसंगति भनेको छ । मुलुक संघीयतामा गएर शक्तिको विकेन्द्रिकरण भइरहेका बेला सरकारले महत्वपूर्ण निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न नहुने कांग्रेसले बताएको छ । ‘अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई स्मृतिमा नराख्नु विसंगतितर्फको तेस्रो कदम थियो यो सरकारको । कांग्रेस प्रवक्ता शर्माले भनेका छन् ।

    सरकारले संविधान संशोधनलाई बार्गेनिङ चिप्सको रुपमा मात्र प्रयोग गरेको, स्वेतपत्रमा नकारात्मक सूचकमात्र देखाएर ढुकुटी रित्तो छ भन्नुलाई पनि कांग्रेसले विसंगति भनेको छ ।

    कांग्रेसले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नुलाई पनि सरकारको विसंगति भनेको छ । ‘के कुनै पनि मुलुकको सर्वोचच न्यायालयलाई नेतृत्वविहीन राख्न मिल्छ ? १०० दिनसम्म न्यायाधीशको टुंगो हुन नसक्नु यो सरकारले न्यायालयलाई गरेको अन्याय हो’ प्रवक्ता शर्माले भनेका छन् ।

    प्रदेश सरकारलाई बलियो बनाउन कार्यक्रम, ऐन कानुन, बजेट विनियोजन नगर्नु, राष्ट्रवादको विषयमा पनि सरकारको भूमिका विवादास्पद भएको भन्दै शर्माले त्यसलाई पनि विसंगति भनेका छन् । ‘चुनावमा जानुअगाडि उग्र राष्ट्रवादको कुरा गर्ने सरकारकाे नेतृत्वमा पुगेपछि त्यसलाई बिसर्जित गर्ने काम सरकारको अर्को विसंगित हो’ उनले भनेका छन् ।

    कर्मचारीको मनोबल गिराउनु, कांग्रेस पार्टीलाई प्रतिपक्ष नै नदेख्नु, अत्यावश्यक सामानको मूल्यवृद्धि हुनु र नीति तथा कार्यक्रममा एक वर्षे कार्यक्रमहरु नआउनुलाई पनि कांग्रेस प्रवक्ता शर्माले विसंगति भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...