News Portal

  • अव आवेदन दिनासाथ ट्रान्सक्रिप्ट आउने

    नेपालवाल संवाददाताकाठमाडौँ, १३ जेठ
    ८५० पटक
    काठमाडौँ, १३ जेठ

    त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले आवेदन दिएकै दिनमा ट्रान्सकिप्ट उपलब्ध गराउने भएको छ । यस अघि कम्तिमा एक साताको समय लिएर मात्र ट्रान्सकिप्ट उपलब्ध गराउदै आएकोमा अबदेखि एकैदिनमा ट्रान्सकिप्ट उपलब्ध गराइने भएको हो ।

    आइतवार आयोजित एक कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तिर्थराज खनियाँले नयाँ प्रविधि त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली (TUEMIS) को शुभारम्भ गर्दै विद्यार्थीले अब ट्रान्सक्रिप्ट पाउन कुर्न नपर्ने दावी गरे । उनले उक्त अवसरमा शिक्षाशास्त्रमा स्नातक गरेका सिरहाका मनोजकुमार सिंहलाई ट्रान्सकिप्ट दिएर नँया प्रबिधीको शुभारम्भ गरेका थिए ।

    ”आजदेखि एकै दिनमा ट्रान्सकिप्ट दिन थालेका छौ । एकै दिनमा ट्रान्सकिप्ट दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ ।” उनले भने ।

    तत्काल शिक्षाशास्त्रमा लागू गरिएको यो सेवा एक हप्तापछि सबै संकायमा लागू हुने र बिद्यार्थीहरुले आवेदन दिएकै दिनमा ट्रान्सकिप्ट पाउन सक्ने पनिकाले जानकारी गराएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    कतार विश्वकप : आज दुई खेल हुँदै

    कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् ।...

    चुनाव जितेपछि डा. तोसिमा दिइन् राजिनामा

    ललितपुर क्षेत्र नं ३ मा निर्वाचित सांसद डा. तोसिमा कार्कीले चुनाव जितेपछि आफ़्नजो पबत राजिनामा...

    नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’

    चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ ।...

    रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता...

    दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

    प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका...