News Portal

  • ललाइफ़काइ मिर्गौला झिकेर लिने व्यक्ति भक्तपुर प्रहरीको फन्दामा

    नेपालवाल संवाददाताभक्तपुर, १४ जेठ
    २६६२ पटक
    भक्तपुर, १४ जेठ

    सोझा सिधा गरीब नेपालीहरुलाई भारत पुर्याई मिर्गौला निकालिएको समाचारहरु आइरहदा नेपालमै पनि मिर्गौला तस्करी हुने गरेको रहस्य बाहिरिएको छ । भक्तपुर प्रहरीले प्रलोभन देखाई मिर्गौला झिक्ने व्यक्तिलाई पक्राउ गरेसंगै यो तथ्य खुलेको हो ।

    देशकै ठुलो दुधपाटी स्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा लोभ लालचमा पारी ललाइफ़ाकाइ मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थायी घर भई हाल जिल्ला भक्तपुर भ.न.पा. १ स्थित डेराकोठा गरी बस्ने बर्ष ५१ को थर्क बहादुर बस्नेतलाइ प्रहरीले पक्राउ गरेको छ । बस्नेतले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका -२ बस्ने बर्ष २९ को कुमार गिरीलाई प्रलोभनमा पारी मिर्गौला झिकी लिएको प्रहरीको दावी छ ।

    कुमारका आफन्त प्रह्लाद गिरीको जाहेरीको आधारमा कुमार गिरीको बाँया किड्नी निकाली प्रत्यारोपण गर्ने बस्नेतलाइ आइतवार पक्राउ गरि मानव अंग बेचविखन मुद्दा अन्तर्गत कारवाही अगाडी बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइले जानकारी गराएका छन् ।

    मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध ऐन २०५५) अनुसार परिवारका सदस्य वा नजिकका आफन्तबाहेक अन्य व्यक्तिको मानव अंग प्रत्यरोपण गर्न पाइँदैन तर बस्नेतले गिरीको बाँया किड्नी निकाली प्रत्यारोपण गरेको आरोपमा पक्राउ पर्दा सम्म अस्पताल प्रसाशन भने लाचार देखिएको छ । मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उक्त बिषयमा आफूलाई केहि थाहाँ नै नभएको प्रतिक्रिया दिएका छन् । आफू विदेश भ्रमणबाट भर्खरै फर्केकोले घटनाको बिषयमा जानकारी नभएको उनको जिकिर छ ।

    मानसिक स्वास्थ्य कमजोर भएका कुमार गिरीको किड्नी लिने थर्कमान बस्नेत पक्राउ परेपनि यसमा सहयोग गर्ने बस्नेतका छोरा आशिष बस्नेत र कुमारका काका पर्ने लालचन्द्र गिरी र डिलराम गिरी भने फरार रहेको बताइएको छ । उनीहरुले गत वैशाख १० मा गिरीको मिर्गौला झिकेर बस्नेतलाई प्रत्यारोपण गराएका थिए ।

     NepalWall को फेसबुक पेज लाइक गर्नुहोस्

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...