News Portal

  • रिहाइ हुनासाथ बालकृष्ण ढुंगेलले भने ‘ फेरि जेल जान्छु ‘

    नेपालवाल संवाददाताकाठमाडौँ, १५ जेठ
    २८११ पटक
    काठमाडौँ, १५ जेठ

    जनयुद्धकालमा उज्वन श्रेष्ठको हत्या गरेको अभियोगमा गत कात्तिकमा कारागार चलान गरिएका नेकपाका नेता बालकृष्ण ढुंगेललाइ रिहाइ गरिएको छ । गणतन्त्र दिवसको दिन सरकारले उनको बाँकी कैद मिनाह गरि रिहाइ गरिदिएको हो ।

    रिहाइ भए लगत्तै ढुंगेललाई नेकपाका नेता कार्यकर्ता र उनका आफन्त तथा शुभचिन्तकहरुले स्वागत गरेका छन । नेकपाको केन्द्रिय कार्यालय पेरिस डाँडामा पुगेर ढुंगेलले शहिद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका छन् । उक्त अवसरमा उपस्थितहरुलाई सम्बोधन गर्दै पूर्व सांसद समेत रहेका नेता ढुंगेलले न्याय व्यवस्था र राजनीतिक चरित्र प्रति आक्रोस पोखेका छन् ।

    उनले आफू निर्दोष रहेको जिकिर गर्दै पाप जाच्ने मेसिन बन्यो भने आफू त्यसमा बस्न तयार गरेको बताए ।

    हिजोका प्रतिक्रियाबादीहरु नै आफूहरुले लडेर ल्याएको गणतन्त्रको मालिक भएको र आफूलाई जेल पुर्याएको उनको जिकिर छ । ” गणतन्त्रको लागि लड्दा समातेर हिरासतमा राख्ने र हिटरमा पिसाव फेर्न लगाएर किड्नी ड्यामेज गराउने शेर बहादुरहरु गणतन्त्रका मालिक भएपछि म जेल जानु स्वाभाविक नै थियो ।” उनले भने ।

    नेता ढुंगेलले न्यायालयले आफ्नो भागको गणतन्त्र खोसेर अपराधी करार गर्दा न्यायमाथि बलात्कार भएको भन्दै दुख ब्यक्त गरे । उनले मानव अधिकारवादीको नाममा मानिसहरु आफ्नो लागि भात र रक्सीको जोहो गर्न अरुको न्याय अन्यायको ठेकेदार बन्ने गरेको आरोप लगाए ।

    गणतन्त्रको लागि लडेका व्यक्तिहरु गणतन्त्र आएपछि आफू जस्तै परिबन्दमा परि जेल जान नपरोस भन्ने उनको सुभेक्षा रहेको छ । उनले आफू यो तेस्रो पटक कारागार मुक्त भएको स्मरण गर्दै देश र जनताको लागि अर्को पटक पनि जेल जान तयार रहेको उद्घोष गरे ।

    जब जनताका नेताहरु शाशक बनेर दुख दिन थाल्छन् तब जनताको मुक्तिको लागि लड्न पर्छ । आफू जनताको आँगनमा खुशीको बिहानी नआँउदा सम्म लड्न,मर्न र जेल जान तयार रहेको उनको उद्घोष छ । ”यो नै मेरो अन्तिम लडाँई होइन, जनताको पक्षमा रहदा अपराधी भइन्छ भने म फेरि पनि जेल जान तयार छु ।” उनले भने ।

    हेर्नुस् भिडियो

    https://www.facebook.com/gbijaya90/videos/1934647243220804/

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकी सिडिओ श्रेष्ठले मागिन् सुझाव

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठले पत्रकारसंग सुझाव मागेकी छन् । जिल्लाको शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रण...

    गठ्ठाघरमा ‘अगेनो सेकुवा घर’

    ageno sekuwa ghar

    सेकुवाको पारखीहरुका लागि अब भक्तपुरमै स्वादिलो सेकुवा घर खुलेको छ । मासुको परिकार मध्यपुर थिमि–३,...

    कमल बुढाको नेतृत्वमा क्रान्तिकारी प्रेस संगठन

    पत्रकार कमल बुढाको नेतृत्वमा ‘क्रान्तिकारी प्रेस संगठन’ गठन  गरिएको छ । क्रान्तिकारी पत्रकार महासंघ र...

    बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    rabindra dp

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका...

    पूर्वराजा शाहलाई भक्तपुरमा भब्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भब्य स्वागत भएको छ । आइतवार दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी...