News Portal

  • मासिक असुलीमा संलग्न दरवारमार्ग वृत्तका डीएसपी ऐडी अख्तियारको फन्दामा

    नेपालवाल संवाददाताकाठमाडौँ, १६ जेठ
    १५६१ पटक
    काठमाडौँ, १६ जेठ

    महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी अख्तियारको फन्दामा परेका छन । व्यवसायी संग मासिकरुपमा घुस लिने गरेका वृत्तका प्रमुख नै अख्तियारको फन्दामा परेका हुन् ।

    प्रहरी नायव निरीक्षक(डीएसपी ) बीरेन्द्रबहादुर ऐडीलाइ मंगलवार अख्तियारको बिशेष टोलीले नियन्त्रणमा लिएको छ । मासिक रुपमा रकम नदिए व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो बनाइदिने डर/धम्की देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    चौबीस हजार घुस वापतको रकम लिइसकेको अवस्थामा डीएसपी एेडी पक्राउ परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी गराएका छन । एेडीलाई रिचमण्ड फूड क्याफे महाराजगञ्ज, काठमाडौंबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रवक्ता दंगालले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...