News Portal

  • शिक्षामा कलम चलाउनेलाई खुशीको खबर : जेठ मसान्तभित्र आवेदन दिए पुरस्कार पाइने

    नेपालवाल संवाददाताकाठमाडौँ, १७ जेठ
    ३४१३ पटक
    काठमाडौँ, १७ जेठ

    नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा प्रदान गर्दै आएको शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । बुधवार एक सूचना जारी गर्दै महासंघले यस बर्ष प्रदान गरिने शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको हो ।

    प्रत्येक बर्ष शिक्षा क्षेत्रमा कलम चलाउनेहरुको प्रोत्साहनको लागि महासंघले शिक्षा विभागको सहकार्यमा शिक्षासम्बन्धी विभिन्न पुरस्कारको व्यवस्था गर्दै आएको छ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार ,प्रादेशिक शिक्षा पत्रकारिता लेखनवृत्ति ,संस्थागत शिक्षा पत्रकारिता पुरस्कार गरि ४ प्रकारका पुरस्कारहरुको लागि आवेदन माग गरिएको महासंघले जानकारी गराएको छ ।

    राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार देशभरबाट छनौट गरी प्रदान गरिनेछ । कुनै पनि सञ्चारमाध्यममा कम्तिमा ५ वर्षदेखि निरन्तररूपमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम गरिरहेका व्यक्तिले यसका लागि आवेदन दिनसक्ने बताइएको छ ।

    प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार र प्रादेशिक शिक्षा लेखनवृत्तिका लागि सातवटै प्रदेश तथा काठमाडौं उपत्यकाबाट छनौट हुनेछ । कम्तिमा ३ वर्षदेखि निरन्तररूपमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कुनै पनि सञ्चारमाध्यममा पत्रकारिता गरिरहेका व्यक्तिले प्रादेशिक पुरस्कार र लेखनवृत्तिमा आवेदन दिनसक्नेछन् ।

    संस्थागत शिक्षा पुरस्कारतर्फ दैनिक पत्रिका, टेलिभिजन र अनलाइनलाई राष्ट्रिय स्तरमा तथा प्रादेशिक स्तरमा रेडियोको छनौट गरी पुरस्कार प्रदान गरिनेछ । रेडियोको हकमा काठमाडौं उपत्यकाबाट समेत छनौट गरिनेछ ।

    पुरस्कारमा सहभागी हुन चाहने पत्रकारले शिक्षा क्षेत्रमा पत्रकारितामार्फत पु¥याएको योगदानसहितको व्यक्तिगत विवरण, २०७४ वैशाख १ गतेदेखि २०७४ चैत्र मसान्तसम्म आफूले तयार पारेर प्रकाशित/प्रसारित भएका ५ वटा शिक्षासम्बन्धी समाचार सामग्री, खोजमूलक लेख–रचनासहित आवेदन महासंघको कार्यालय सञ्चारग्राम, काठमाडौंमा पठाउनुपर्नेछ । आवेदन महासंघको कार्यालय सञ्चारग्राम, काठमाडौंमा सोझै, हुलाकमार्फत वा महासंघको इमेल [email protected] मार्फत पनि आइपुग्नेगरी पठाउन सकिने बताइएको छ ।

    आवेदन आइपुग्नुपर्ने अन्तिम मिति २०७५ जेठ मसान्तसम्म तोकिएको सूचनामा उल्लेख गरिएको छ ।

    शिक्षा पत्रकारिता पुरस्कार महासंघ र शिक्षा विभागको संयुक्त निर्णयअनुसार तयार गरिएको मापदण्डका आधारमा तोकेको छनौट समितिबाट हुने जानकारी गराइएको छ ।

    शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सबै शिक्षा पत्रकार यस प्रकृयामा सहभागी हुने विभागले अपेक्षा गरेको बताएका छन् । नेपालवाल संग कुरा गर्दै उनले भने, ” शिक्षाको विकाशमा पत्रकारको पनि उत्तिकै योगदान छ , यो उहाँहरुको योगदानको कदर गर्ने सानो प्रयास मात्र हो ।”

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...