News Portal

  • बैदेशिक रोजगारमा रहेका २२ वर्षीय युवा नेपालीहरुकै शिकार भएपछि सिंगो गाउँ नै शोकमग्न

    नेपालवाल संवाददातापर्वत, १८ जेठ
    १०४५ पटक
    पर्वत, १८ जेठ

    पर्वतका एक युवाले मलेसियामा कुटपिटका कारण ज्यान गुमाएका छन् । मोदी गाउँपालिका–५ धमिलपानीका २२ वर्षीय किशोर केसी(नसिब)को कुटपिटका कारण मृत्यु भएको हो ।

    उपचारको क्रममा केसीको बुधबार मृत्यु भएको हो । २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका सबैभन्दा कान्छा हुन् । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले मरणासन्न हुनेगरी उनीमाथि आक्रमण गरेका थिए । १ नम्बर प्रदेशका ४ युवाहरुले आफ्नै साथी केसीमाथि रडले प्रहार गरेपछि उनको चिन्ताजनक अवस्थामा उपचार भैरहेको थियो । पेटमा गहिरो चोट लागेका केसी कमाएर घर फर्कने सपना अपुरै छोडी बुधबार मृत्युको मुखमा पुगे ।

    उनको मृत्युको खबरले उनको घर परिवार मात्र नभई सिंगो गाउँ नै यतिबेला शोकमा डुबेको छ । उनकी आमा देवी क्षेत्री अर्धचेत अवस्थामा छिन् भने परिवारमा रुवाबासी छाएको छ ।

    उनीमाथि ज्यानै लिने गरि आक्रमण गर्ने ४ जना नेपालीहरु मलेसियन प्रहरीको नियन्त्रणमा रहेकाे बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...