News Portal

  • ओली-प्रचण्ड नेतृत्वको नेकपाले राख्यो नयाँ नाम

    नेपालवाल संवाददाताकाठमाडौँ, १८ जेठ
    १०१७ पटक
    काठमाडौँ, १८ जेठ

    काठमाडौँ, जेठ १८ गते । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि पुनर्गठन भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइनले आफ्नो नाम परिबर्तन गरेको छ । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी यस अघि नै दर्ता रहेकोले उक्त नाम परिबर्तन गर्न नेकपा बाध्य बनेको हो ।

    ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी नामक राजनीतिक दल यसअघि नै निर्वाचन आयोगमा दर्ता छ । निर्वाचन आयोगले अण्डरलाइन राखेकै भरमा उक्त नाम दिन आनाकानी गरेपछि नाम परिबर्तन गरि नयाँ नाम आयोगमा दर्ता गराइएको बुझिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीको नाममा राखिएको ‘अण्डरलाइन’लाई हटाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने प्रस्ताव गरिएको छ । त्यसैगरी, अङ्ग्रेजीमा Nepal Communist Party (NCP) राखिने गरि नयाँ नाम प्रस्ताव गरिएको बताइएको छ ।

    नाम जुधेकाले सच्याउन आयोगले अनुरोध गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने गरी बिहीबार नै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको उक्त पार्टीका उपनेता सुवास नेम्वाङले पुष्टि गरेका छन् । नेम्वाङ्ले पार्टीमा छलफल गरेर नयाँ नाम दर्ता गराइएको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...