News Portal

  • सर्लाहीमा चट्याङ्ले लग्यो जोगमायाको ज्यान : ३ बालबालिका गम्भीर घाईते

    प्रेमनाथ पाैडेलसर्लाही, २३ जेठ
    १९९० पटक
    सर्लाही, २३ जेठ

    सर्लाहीको इश्वरपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीन बालबालिका घाईते भएका छ्न । मंगलबार दिउँसो हावा हुरी र पानी संगै परेको चट्याङ लागेर इश्वरपुर- १२ कालिन्जोरकी ४५ वर्षीया महिला जोगमाया वाईबाको ज्यान गएको हो ।

    दिउँसो घरमै बसि रहेको अवस्थामा चट्याङ लागेर जोगमाया वाईबाको ज्यान गएको स्थानीय मदन बिश्वकर्माले बताए । चट्याङ पर्दा वाईबाको १२ वर्षीया छोरी बुनमाया वाईवा र अर्का ९ वर्षका छोरा रवि वाईबा र रवि संगै घरमा खेली रहेका छिमेकि ९ वर्षीय रोजन बिश्वकर्मा गम्भीर घाईते भएका इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ । मृतक वाईवाको शव जिल्ला अस्पताल मलंगवामा अहिले पोस्ट्मार्ड्म पश्चात् आफन्तलाई बुझाईएको प्रहरीले जानकारी गराएको छ ।

    चट्याङ्बाट घाईते तीन जना बालबालिकाको लालबन्दी स्थित प्राथमिक उपचार केन्द्र लालबन्दीमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी उप क्षेत्रीय अस्पताल बिरगन्ज रिफर गरिएको केन्द्रका हेल्थ असिस्टेन्ड रोशन चौधरीले बताए । उता, वाईबाको मृत्यु र तीन बालबालिका एकै साथ गम्भीए घाईते भए पछि गाउँलेहरु शोकमा डुबेका छन् । भवितब्य सम्झदा पनि जिउ जिरिङ्ग हुने स्थानीय जीवन विश्वकर्मा बताउँछन् ।

    सच्याइएको : इश्वरपुर-१२ हुनुपर्नेमा लालबन्दी-१२ भएकोले सच्याइएको छ । -सम्पादक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...