News Portal

  • पान खान पसेका जिप्रका सर्लाहीका शाखा अधिकृत पचास हजार घुस खाएको आरोपमा पक्राउ

    प्रेमनाथ पाैडेलसर्लाही, २३ जेठ
    ३३६५ पटक
    सर्लाही, २३ जेठ

    जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश प्रसाद दास घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बिशेष टोलीले घुस लिएको आरोपमा बुधबार पक्राउ गरेको हो ।

    शाखा अधिकृत दासले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको बर्दिवास स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयले जनाएको छ । शाखा अधिकृत दास चढेको बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको अख्तियारको कार्यालयले जानकारी गरायो ।

    दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले जिल्ला अदालत अगाडिको चोकबाट नियन्त्रणमा लिएको हो । चोकको पसलमा पान खान पसेका उनी घुस खाएको आरोपमा पक्राउ परे ।

    यस अघि पनि अख्तियारले तत्कालिन जिल्ला शिक्षा कार्यालय, मालपोत कार्यालय, जिल्ला समन्वय समितिका साथै बिधुत प्राधिकरणका कर्मचारीलाई पनि घुस रकम सहित पक्रेको थियो । रङ्गे हात पक्राउ गरेको भए पनि अझै सम्म उनीहरुलाई अख्तियारले कडा कार्बाहीको दायरामा ल्याउन नसकेको कारण खुलम्खुल्ला घुस लिने काम नरोकिएको नागरिक समाजका अगुवा उग्रकान्त झाको बुझाइ छ । जब सम्म अख्तियारले कार्बाहीको दायरामा ल्याएर कार्बाही गर्न सक्दैन तब सम्म घुस लिने काम को अन्त नहुने जानकारहरु बताउँछ्न ।

    उता दासले भने आफूलाई सुनियोचित ढङ्गले फसाउने काम भएको जिकिर गरेका छन् । ” पान खान पसलमा बसिरहेको अबस्थामा अरु नै ब्यक्तिलाई कारको डिक्कीमा पैसा राख्न लगाई चारैतिर बाट घेरा हाली मेरो शरीर सर्च गरियो । शरिरमा नभेटे पछि गाडीको डिक्कीमा मैले राख्दै नराखेको रुपैयाँ निकाली मलाई फसाउने काम भयो ।” दासले दावी गरे ।

    निर्दोष कर्मचारीलाई सुनियोचित ढंगले फसाउने काम भएको कर्मचारीहरुले आशंका गरेका छन् । फसाउनु परे अख्तियार लगाइदिने डर भएको भन्दै नाम नबताउने सर्तमा अख्तियार प्रति नै शंकाको आखाँले हेर्नु पर्ने अबस्था आएको एक कर्मचारीले बताए ।

    ”दास गलत नियतका होइनन् जस्तो लाग्छ । घटनाको सत्यतथ्य छानवीन हुनुपर्छ अन्यथा कर्मचारीको मनोबल गिर्छ ।”नेपालवालसंग उनले गुनासो गरे । पक्राउ परेका दास र उनको गाडीलाई भने अख्तियारको सम्पर्क कार्यालय बर्दिबास लगिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...