News Portal

  • धनकाे धनी भए पनि मनको कंगाली हुने नेता कार्यकर्तालाई हरिवन-११का वडाध्यक्ष रेजाको चुनौती

    प्रेमनाथ पाैडेलसर्लाही, २४ जेठ
    २८३१ पटक
    सर्लाही, २४ जेठ

    सर्लाही हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेखमेहबुब रेजाले आफ्नो वडाको बिपन्न दलित तथा मुस्लिम बस्तीमा आफ्नो बैठक भताबाट प्राप्त रकमले विद्युतीकरण गरेका छ्न । समाजमा धनका धनी भए पनि मनको कंगाली हुने नेता तथा कार्यकर्तालाई चुनौती दिदै उनले आफ्नै पैसाले सर्वसाधारणको घर उज्यालो बनाइदिएका हुन् ।

    कसैको चित नदुखाउने, सबै बिच हेलमेल हुने र नरम स्वभावका मानिने वडा अध्यक्ष रेजा आफ्नो यस नि स्वार्थ सेवाबाट झन् जनप्रिय बनेका छन् । उनले आफ्नो वडाको हरिवन बजार र नगरपालिका क्षेत्र संगै जोडिएर पनि पछाडि पारिएको र बर्षौंदेखि अन्धकारमा बस्न बाध्य बनाइएका नागरिकलाई अहिले आफ्नो एक बर्षको बैठक भताबाट उज्यालो छरिदिएका छन् ।

    रेजाले एक बर्षको बैठक भताबाट आएको ५२ हजार रुपैयाले बिद्युत पोलमा तार लगाएर बस्तीमा झिलिमिली पारिदिएपछि स्थानीय दङ्ग परेका छन् ।

    आफ्नो बस्तीमा अहिले बत्ती बलेर उज्यालोमा बस्न पाएपछि त्यहाँका मुस्लिम तथा दलित र बिपन्न परिवार हरुमा खुशी छाएको छ । वडा अध्यक्ष रेजाले आफुहरुको भगवान जस्तै भएर उज्यालो बाढेको स्थानिय दलित भग्लु राम बताउँछ्न ।

    उता वडा अध्यक्ष रेजा पनि आफूले गरीव दुखी समुदायमा सेवा गर्न पाएर मनमा आनन्द आएको बताउँछ्न । आफूलाई गरीब दुखी र बिपन्न परिवारले भोट दिएर चुनाबमा जिताएको र आफूले उनीहरुको सुखदुखमा सदैव सहभागी हुने अठोट गरेको रेजाले बताए । त्यही अनुसार उनीहरुको लागि गरेको सानो लगानीले उनीहरुको मुहारमा ठूलो खुसी छाएको देख्न पाउँदा आनन्द् आएको उनको भनाई छ ।

    ”ठूलाठूला कुराले भन्दा साना साना कामले समाजमा खुशी दिँदो रहेछ । मलाइ यसबाट काम गर्ने थप उर्जा प्राप्त भएको छ ।” नेपालवाल संग उनले भने ।

    रेजा गरिब दुखीको मात्र हैन, किसानहरु माझ पनि उत्तिकै लोकप्रिय बनेका छन् । उनले केही महिना अघि इन्दु शंकर चिनी उद्योगले किसानको उखुको भुक्तानी नगर्दा तीन दिन सम्म आमरण अनसनमा बसेर किसानलाई साथ् दिएका थिए । त्यसपछि प्रदेश सरकारका मुख्यमन्त्री आफै उनलाई भेट्न आएका थिए र चिनी उद्योगका मालिकले किसानसामु घुडा टेकेका थिए ।

    बिकाश निर्माणका काममा हिनामिना नगर्ने हुनाले उनले धोरै समयमा थोरै साधनश्रोतले धेरै काम र परिणाम निकालेकोले स्थानीयहरु उनीदेखि सन्तुष्ट छन् । आफ्नो नगरपालिकामा उनले एक आदर्शको रुपमा बिकाशनिर्माणको कामलाई अघि बढाएका छन् ।

    नेताहरुले गरेनन भनेर आक्रोस आइरहने अहिलेको परिपेक्षमा अहिलेका नेता तथा कार्यकर्ताले शेख मेहबुबबाट पाठ सिक्न जरुरी भएको जन काङ्ग्रेसका कार्यबाहक केन्द्रीय अध्यक्ष एवम स्थानीय शिव प्रसाद दाहालको भनाई छ । ”मनमा सेवाभाव भएपछि रेजाले गर्न सक्ने अरुले नसक्ने भन्ने हुदैन ।” उनले भने ।

    सत्ता र भत्ताको लागि ज्यान फालेर लाग्ने राजनीतिक जमातको बीचमा रेजा कमलको फूल बनेर फक्रिएका छन् । उनले राजनीति भनेको कमाइ खाने भाँडो नभएको संदेश दिन सफल भएका छन् । यसले नयाँ पिढीलाई राजनीतिप्रति आकर्षण गर्न सके समाजमा सकारात्मकताको बिकाश सम्भव हुनसक्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...