News Portal

  • भक्तपुर आएर देउवाले भने ”द्वन्द्वकालका हत्यारालाई कडा कारवाही गर्नुपर्छ”

    नेपालवाल संवाददाताभक्तपुर, २४ जेठ
    २०९९ पटक
    भक्तपुर, २४ जेठ

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वको बेला हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिनु नहुने बताएका छन् ।

    द्वन्द्वकालमा शहीद भएका भक्तपुरका काँग्रेस नेता राधेश्याम जोन्छेंको स्मृति सभामा बोल्दै सभापति देउवाले त्यतिबेलाका हत्याराहरुलाई खोजी खोजी कानुनी कठघरामा उभाउनुपर्ने र कडा कारवाही गर्नु पर्नेमा जोड दिए ।

    “प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहनुभएका जोन्छेंमाथि द्वन्द्वका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनुहुँदैन ।” उनले भने ।

    तत्कालिन नेपाली काँग्रेस प्रजातान्त्रिकका भक्तपुर जिल्ला सभापति जोन्छेंलाई २०५९ सालमा भक्तपुरको चुनदेवी स्थित उनको निवासमै गोली हानी हत्या गरिएको थियो ।

    शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले आयोजना गरेको आजको स्मृति सभामा बिद्यार्थी हरुलाई छात्रवृत्ति एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

    उक्त अवसरमा पूर्वसभामुख समेत रहेका काँग्रेस नेता दमननाथ ढुङ्गानाले नेपाली काँग्रेसभित्रको गुटउपगुटले काँग्रेसलाइ कमजोर पारेको भन्दै त्यसको अन्त्य पछि मात्र पार्टी बलियो हुने बताएका थिए भने नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले नेपाली काँग्रेसको बिकल्प नभएको बताउदै जनताको कम्युनिष्टबाट मोहभंग भएको जिकिर गरेका थिए ।

    सभापति थापाले काँग्रेस सदैव अविचलित भएर  देश र जनताको पक्षमा लडिरहने प्रतिबद्धतासमेत प्रकट गरे ।

    प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नं ३ का प्रदेश सदस्यसमेत रहेकी शहीद जोन्छें पत्नी रजनी जोन्छें, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी लगायतले शहीद जोन्छेंले प्रजातन्त्र स्थापनमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...