News Portal

  • चालक निदाउँदा एकाबिहानै पल्टियो बस : एकको मृत्यु तीस घाइते

    नेपालवाल संवाददातादाङ, २५ जेठ
    १४९२ पटक
    दाङ, २५ जेठ

    लमही नजिक सिसहनीयामा शुक्रबार विहान अन्दाजी ६:३० बजेको समयमा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
    जनकपुरबाट नेपालगञ्ज तर्फ हिडेको ना ५ ख १८२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परि भारत लक्ष्मीपुरकी ५ वर्षीया मुरबी मोहम्मदको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ भने करीब ३० बढी घाइते भएका छन् ।

    बस अनियन्त्रित भै सडकबाट तल नालामा खस्दा दुर्घटना भएको उद्धारमा संलग्न साटुराम चौधरीले बताए । चालक निदाएको कारण बस अनियन्त्रित भै नालामा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...