News Portal

  • सर्लाहीमा लागू औषध सहित दुई युवक पक्राउ

    प्रेमनाथ पाैडेलसर्लाही, २८ जेठ
    ४२४५ पटक
    सर्लाही, २८ जेठ

    सर्लाही प्रहरीले लागू औषध सहित दुई युवकलाई पक्राउ गरि सार्बजनिक गरेको छ ।
    भारतको सुनबर्साबाट अबैध रुपमा लुकाइ छिपाई ल्याएको लागू औषधसहित उनीहरु पक्राउ परेका हुन् ।

    सिरफ डाईलेक्स डिसि १००एमएल को ९९ पिस साईकलमा राखेर ल्याउदै गर्दा जिल्लाको गोडैता नगरपालिका- ५ रामबनस्थित बागमती नहरको बाध क्षेत्रबाट उनीहरु पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा बरहथवा नगरपालिका- ११ का ४० बर्षिय चक्र बहादुर शाही ठकुरि र सोही ठाउँ बस्ने अर्का ५५ बर्षिय सुके माझी रहेका छ्न् ।
    उनीहरुलाई गोडैता प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेत्र बहादुर खड्काको नेतृत्व मा खटेको प्रहरी टोलिले साईकल मा आईरहेका अबस्थामा शंका लागि चेक जाँच गर्दा झोलामा राखेर ल्याएको ९९ थान डाईलेक्स डिसि १००एम एल को सिरफ बरामद भएको हो ।

    पक्राउ परेका दुबै युबकलाई आज जिल्ला प्रहरी कार्यालयमा सार्बजनिक गरि लागू औषध ओसार पसार समन्धी मुदा चलाईने जनाइएको छ ।
    मुद्दा चलाउनको लागि थप अनुसंधान को म्याद थप गरि अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवम् डिएसपी राजेश थापाले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...