शिवराज नगरपालिका कपिलवस्तुको शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ ।
रानु सुनारले शिक्षा नियमावली कार्यान्वयनमा रोक लगाउन माग गर्दै पेश गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरले उक्त आदेश दिएको हो ।
न्यायाधीस शान्ता सेढाई सापकोटाको एकल ईजलासले नगरपालिका विरुद्ध अन्तरिम आदेश दिएको छ ।
नगरपालिकाले स्थानीय सरकार संचालन २०७४ को दफा १०२ (१) (२) वमोजिम ऐन नै निर्माण नगरी नगर शिक्षा नियमावली- २०७४ जारी गरेको भन्दै अदालतले कार्यान्वयनमा रोक लगाएको हो ।