News Portal

  • तरुण दलका अध्यक्ष बलात्कार प्रयासको अभियोगमा पक्राउ

    नेपालवाल संवाददाताकाठमाडौँ, ३१ जेठ
    ७३९ पटक
    काठमाडौँ, ३१ जेठ

    आफूलाई डन ठान्ने संजीव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ । उनी बलात्कारको अभियोगमा पक्राउ परेका हुन् ।

    तरुण दल काभ्रेका अध्यक्षसमेत रहेका स्याल रेस्टुरेन्ट व्यवसाय गर्दै आएका थिए । उनलाई आफ्नै रेस्टुरेन्टमा काम गर्ने युवतीमाथि यौन हिंसाको आरोप लागेको छ । उनले युवतीलाई गर्लफ्रेन्ड बन्न दवाव दिएको प्रहरीको दावी छ ।

    स्याललाई बलात्कार मुद्दामा महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो । दरबारमार्ग वृत्तले स्याललाई जबर्जस्ती करणी उद्योग मुद्दामा पक्राउ गरिएको र मुद्दा चलाउने तयारी गरेको बताएको छ ।

    उनी गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् । गोठाटार गोलीकाण्डमा समेत उनी मुछिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा...

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको...

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ ।...

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले...

    भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका...