जिल्ला प्रहरी कार्यालयले बरामद गरेको मर्चा तथा अबैध मदिरा नष्ट गरेको छ । केही दिन अगाडी प्रहरीले सिमकोट बिमानस्थल र सिमकोट बजारमा बरामद गरेको मदिरा सबैको रोहबरमा नष्ट गरेको हो ।
नेपालगंजबाट सिमकोट बिमान स्थल हुुँदै सिमकोटमा ढुुवानी भएर आएको पचास केजी मर्चा, दसिमकोट बजारबाट बरामद गरिएको पाँच लिटर अबैध मदिरा र दुुई कार्टन चाईनिज बियर नष्ट गरिएको प्रहरी नायब उपरिक्षक रबिन श्रेष्ठले जानकारी दिए ।
अब यस्ता अबैध चिजका लागि प्रहरीले ब्यापकरुमा खानतलास गर्ने पनि उनले बताए ।
बरामद सामानलाई जिल्ला प्रशासन कार्यालय, कोलेनिका र स्थानीय संचार माध्यामका रोहबरमा नष्ट गरिएको उनले जानकारी दिए ।