News Portal

  • डा. अहिराजद्वारा विद्यालयमा विभिन्न सामाग्री हस्तान्तरण

    नेपालवाल संवाददाताराैतहट, ६ असार
    ११८२ पटक
    राैतहट, ६ असार

    मधेश मामिलाका जानकार तथा मधेशवादको विषयमा विद्यावारिधि गरेका मधेश मिडिया हाउसका अध्यक्ष एवम् मधेशवाणीका सम्पादक डा. राजेश अहिराजले आफूले शैक्षिक जीवन प्रारम्भ गरेको विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्रीहरु प्रदान गरेका छन् । रौतहट जिल्लाको सुन्दरपुरस्थित श्री गढीमाई निम्न माध्यमिक विद्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी डा. अहिराजले कापी, कलम तथा खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

    वि.सं. २०३६ सालमा स्थापना भएको सो विद्यालयमा करिब पाँच सय विद्यार्थीहरु अध्ययनरत् रहेका छन् । डा. अहिराजले सम्पूर्ण विद्यार्थीलाई पुग्ने गरी शैक्षिक सामग्री र केही खेलकुदका सामान प्रदान गरेका हुन् । शैक्षिक तथा खेलकुदका सामग्रीहरु पाएर विद्यार्थी, शिक्षक र अभिभावकहरु दङ्ग परेका थिए ।

    उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुल्हाई रायले विद्यालयमा गरिएको सहयोगलाई सराहना गरेका छन् । उनले गाउँ–समाजमा यस्ता सपूतहरुको खाँचो रहेको बताउँदै आफूले अध्ययन सुरु गरेको विद्यालयमा सहयोग गरेकोले भावी सन्ततिका लागि प्रेरणाको स्रोत बनेको बताए ।
    यसैगरी, विद्यालयका प्राधानाध्यापक दिनेश साहले यसै विद्यालयबाट अध्ययन सुरु गरेका डा. अहिराजले आज राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतमा आफ्नो पहिचान बनाइरहेको बताए । उनले यो कुरा यस विद्यालयका लागि गर्वको विषय रहेको भनेका थिए ।

    सामग्री हस्तान्तरण कार्यक्रममा डा. अहिराजले आफूले शिक्षाको प्रारम्भ गरेको विद्यालयमा एउटा सानो सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत प्रकट गरे । शिक्षा नै जीवनको अमूल्य सम्पति भएको भन्दै डा. अहिराजले विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको सुनौलो भविष्यका लागि शुभकामना समेत व्यक्त गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...