News Portal

  • नयाँरोडमा करेन्ट लागि एक भारतीय मजदुरको मृत्यु

    प्रेमनाथ पाैडेलसर्लाही, ७ असार
    १२८१ पटक
    सर्लाही, ७ असार

    सर्लाही को हरिवननगरपालिका – १० नयाँरोडमा करेन्ट लाग्दा एक भारतीय मजदुरको मृत्यु भएको छ ।
    केही महिना अघि देखि नयारोडमा रहेको शर्मा बडि बिल्डर्समा काम गर्दै आएका भारत बिहार सितामढी जिल्ला लग्माग्राम- ६ का १८ बर्षिय युवक रबिन्द्र कुमार शर्माको बस बनाउने क्रममा एक्कासी बस को ब्याट्रीबाट फालेको करेन्टले लागेर ज्यान गएको हो ।

    करेन्ट लागेर अचेत भए पछि उपचारको लागि हरिवन अस्पताल हरिवनमा ल्याइपुर्याए पनि अस्पतालले मृत भएको घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

    मृतक शर्माको शव पोस्ट मार्टमको लागि जिल्ला अस्पताल मलङवा पठाईएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवम प्रहरी निरीक्षक रामकाजी थापा ले बताए ।

    यसै बिच बिहिबार नै पूर्ब पश्चिम लोक मार्ग अन्तर्गत हरिवन ९नोचा मा मोटर साईकल ले पैदल यात्री लाई ठक्कर दिदा एक बृद्दा गम्भीर घाईते भएकी छिन ।

    पुर्ब नवलपुरबाट बागमती तर्फ जाँदै गरेको बा४५प ९९८५ नम्बरको मोटर साईकलले बाटो काट्ने पैदल यात्री लालबन्दी नगरपालिका १७ रानिगन्ज कि ८१ बर्षिया बृदा गंगा लक्ष्मी सिवाकोटीलाई ठक्कर दिदा बृदा सिवाकोटी गम्भीर घाईते भएकी हुन ।
    मोटर साईकलको ठक्करबाट गम्भीर घाईतेको हरिवन स्थित नमुना अस्पताल हरिवनमा सामान्य उपचार पछि थप उपचार को लागि भरतपुर रिफर गरि पठाईएको नमुना अस्पताल हरिवन ले जनाएको छ ।

    उता ठक्कर दिने मोटरसाईकल र चालक इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही नवलपुरका प्रहरी नायब निरीक्षक केशरमान बस्नेत ले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...