News Portal

  • अस्थायी शिक्षकको पक्षमा २ नम्बर प्रदेशका मुख्यमन्त्री राउत : केन्द्रसंग कुरा गर्ने आश्वासन

    नेपालवाल संवाददाताजनकपुर, ११ असार
    ६९३९ पटक
    जनकपुर, ११ असार

    प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले अस्थायी शिक्षकहरुको समस्या समयमै समाधान हुनु पर्ने पक्षमा आफू रहेको बताएका छन् ।आइतबार अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले आफू अस्थायी शिक्षकको पक्षमा उभिने बताएका हुन् ।

    लामो समयसम्म मुलुकको सेवा गरेका अस्थायी शिक्षकहरुसँग कुनै पनि ढंगले अन्याय हुनु नहुनेमा आफु स्पष्ट रहेको उनले बताए । शिक्षक सेवा आयोगले अषाढ २९ र ३० गते निर्धारण गरेको परीक्षाको मिति सार्नु पर्ने शिक्षकहरुको मागलाई संघीय सरकारले सम्बोधन गर्नु पर्ने उनको भनाइ रहेको छ ।

    असार ६ गते सूचना प्रकाशन गरेर २९ र ३० गते परीक्षा लिनु न्यायपूर्ण नरहेको भन्दै उनले यस विषयमा संघीय सरकार, शिक्षा मन्त्रालय र आयोगसँग आफूले कुरा गर्ने समेत बताए । मुख्यमन्त्री राउतले अस्थायी शिक्षकलाई असन्तुष्ट पारेर कुनै शैक्षिक प्रगती हुन नसक्ने भन्दै उनीहरुको श्रमको सम्मान राज्यले गर्न सक्नुपर्ने जिकिर गरे ।

    अस्थायी शिक्षक आन्दोलन परीचालन समितिका संयोजक बिन्दा दास थारुको नेतृत्वमा अस्थायी शिक्षकहरु मुख्यमन्त्री कार्यालय पुगेका थिए । उनीहरुले संघीय सरकारले आफूहरुको माग पुरा नगरे कडा आन्दोनल गर्ने चेतावनी समेत दिएका छन् ।

    अस्थायी शिक्षकहरु परीक्षाको मिति सार्न माग गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...