News Portal

  • बिबाहको ३ महिना नबित्दै श्रीमतीद्वारा श्रीमानको हत्या

    नेपालवाल संवाददाताधनगढी, १२ असार
    १५८९ पटक
    धनगढी, १२ असार

    घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् ।

    असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका साथै हत्यामा संलग्न भनिएका आरोपीहरुलाई समेत पक्राउ गरेको छ ।

    प्रहरीले तेजको हत्यामा संलग्नलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढीको हिरासतमा राखेको छ । प्रारम्भिक अनुसन्धानबाट तेजकी श्रीमती लक्ष्मी बडैला र उनका प्रेमी गोदावरी–१२ का दीपक खत्रीले तेजको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

    उनले असार ८ गते राति तेजलाई भेट्न बोलाएर खत्रीले टाउकोमा लठ्ठीले हानेर मारी भासुको भिडमा फालेको खत्रीले स्वीकार गरेको जनाएका छन् ।

    बैशाखको महिनामा लक्ष्मीसँग विवाह गरेका पुनर्वास–२ दशरथ बस्ती टोलमा बस्दै आएका विष्ट गोदवारी–११ ओलानीस्थित ससुराली जानका लागि म २ प ७४७७ नम्बरको सेतो पल्सरमा हिँडेको उनका आमा हिरा विष्टले बताइन् ।

    उनले ससुराली ४ बजे पुगेको र ७ बजे साथीको फोन आयो भन्दै ससुरालबाट नै हिँडेको बताइन् । अन्दाजी २४ वर्षीय तेजको शव प्रहरीले पोष्टमार्टमका लागि ल्याउने तयारी गरिरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए । उनले ५ मिटर गहिरो खोल्सामा लाश खसेको हुनाले उठाउन गाह्रो भइरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...