बिहीबार बिहान धादिङ केन्द्र गरेर भूकम्प गएको छ । भूकम्पको धक्का ५ म्याग्निच्युड मापन गरिएको छ ।
बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का धादिङमा राम्रैसंग महसुस गरिएको छ ।
धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिम केन्द्रविन्दु गरेर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।