News Portal

  • छोरी हत्याको आरोपमा आमा पक्राउ

    इभक्तपुर संवाददाताचितवन, १५ असार
    ५२९ पटक
    चितवन, १५ असार

    छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ ।

    शोभाकी १४ बर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    ममताको हत्या भएको भन्दै उनको घरमा जम्मा भएर स्थानीयले बिहीबार नाराबाजी गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

    स्थानीयको बिरोधपछि छोरीको अन्तिम संस्कार रोकेर क्रियामा बसेकी शोभालाई प्रहरीले पक्राउ गरेको हो ।

    ममता जमुनापुर माविमा कक्षा ९ की छात्रा थिइन् । स्कुलबाट घर आउँदा आमाले मादक पदार्थ सेवन गरिरहेको देखेर ममताले नखान भनेकी थिइन् ।

    छोरीले सम्झाउँदा शोभाले अपशब्द प्रयोग गरेर गाली गरेको स्थानीय बताउँछन् ।

    अपशब्द बोलेपछि ममताले आमलाई थप्पड हानेकी थिइन् । सोही रिसमा शोभाले ममताको हत्या गरेको आरोप स्थानीयको छ ।

    प्रतिकृया दिनुहोस्

    नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’

    चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ ।...

    रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता...

    दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

    प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका...

    भारतीय पक्षले गर्यो नेपाल-भारत सीमा पुल बन्द

    सोमबार बिहानदेखि भारतीय पक्षले खलंगामा रहेको नेपाल-भारत सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकाम...

    भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी: प्रमुख प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँस्थित भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी भएको बताएका...