News Portal

  • आमा छोरीलाई करणी र हत्या गर्ने बाबुछोरा १२ वर्षपछि पक्राउ

    चन्द्रकान्त खनालरुपन्देही, १८ असार
    ९५४ पटक
    रुपन्देही, १८ असार

    ईलाका प्रहरी कार्यालय बुटवलले जर्वजस्ती करणी गरि धारिलो छुराप्रहारबाट हत्या गरि फरार दुई अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ । १२ वर्ष अघि हत्या गरि फरार रहेका अभियुक्तलाई पक्राउ गरि आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

    २०६३ कात्तिक ८ गते राती करिब १ वजेको समयमा रुपन्देही जिल्ला साविक मक्रहर गाविस वडा न.९ हाल तिलोत्तमा नगरपालिका वडा न.१२ विजय नगर घर भएकी ३५ वर्ष की बिजुलिया मुसहरलाई जर्वजस्ती करणी गरि घाटीमा धारीलो छुरारोपि हत्या गर्नुका साथै मृतक बिजुलियाकी ९ वर्षिय छोरी सन्तोषिया मुसहरलाई पनि छुरा रोपि हत्या गर्ने तिलोत्तमा नगरपालिका वडा न.१२ विजय नगर बस्ने वर्ष ६४ का बिसम्बर थारु र उनका आफनै छोरा वर्ष ३४ वर्षीय भिख्खु भन्ने अम्रिका थारुलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

    विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्ने क्रममा दुवै अभियुक्तलाई तिलोत्तमा नगरपालिका वडा न. ७ सिमराबाट हिजो पक्राउ गरेको हो । दुवै अभियुक्तलाई म्याद थप गरि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...