News Portal

  • विश्वकप फुटवलको क्वार्टर फाइनल शुक्रबारबाट

    नेपालवाल संवाददाताकाठमाडौं, २० असार
    १०५८ पटक
    काठमाडौं, २० असार

    रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटवल प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो।

    क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ।

    प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले हराएर फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो भने उरूग्वेले क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई २-१ गोलले हराएको थियो।

    त्यही दिनको दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुँदैछ। प्रिक्वार्टर फाइनलमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो भने बेल्जियमले एसियाली टोली जापानलाई पाखा लगाएको थियो।

    शनिबारको पहिलो खेल १९६६ को विश्वविजेता इंग्ल्याण्ड र स्विडेनबीच हुनेछ। इंग्ल्याण्ड टाइब्रेकरमा कोलम्बियालाई हराएर क्वार्टर फाइनल पुगेको हो भने स्विडेनले स्विट्जरल्याण्डलाई १-० ले हराएको थियो।

    क्वार्टर फाइनलको अन्तिम खेल आयोजक रसिया र क्रोएशियाबीच हुनेछ। रसियाले २०१०को विश्वविजेता स्पेनलाई टाइब्रेकरमा स्तब्ध पारेर क्वार्टर फाइनल पुगेको थियो भने क्रोएशियाले डेनमार्कलाई हराएको थियो।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...