News Portal

  • हरिवनमा सेनेटरी प्याड निर्माण तालिम शुरु : महिलाहरु आत्म निर्भर बन्नु पर्नेमा जोड

    प्रेमनाथ पाैडेलसर्लाही, २० असार
    ११९४ पटक
    सर्लाही, २० असार

    जिल्ला समन्वय समिति सर्लाहीकी उपप्रमुख जमुना पौडेल पराजुलीले महिलाहरु आत्म निर्भर बन्नु पर्ने बताएकी छन् ।
    बुधबार हरिवनमा शुरु गरिएको तीन दिने महिनावारी स्वास्थ्य प्रवर्धनका लागि सेनेटरी प्याड निर्माण तालिमको उद्घाटन उद्घाटन गर्दै उपप्रमुख पराजुलीले यस्तो बताएकी हुन् ।

    हरिवन नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय सेनेटर प्याड निर्माण सम्बन्धी तालिममा बोल्दै जिसस उपप्रमुख पराजुलीले तीन दिने छोटो अवधिको तालिमलाई पूर्ण सदुपयोग गर्दै सिकेका सिपलाई व्यवहारमा उतार्दै आफ्नो आयआर्जन र जिवीकोपार्जनमा समेत सुधार ल्याउन सक्नु पर्नेमा जोड दिएकी थिइन् ।

    ११ नम्बरका वडा अध्यक्ष शेख मेहवुव रेजाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख गणेश प्रसाई लगायतले मन्तव्य राख्दै महिलाहरुलाई आफुले पाएको सीपको भरपुर सदुपयोग गरी नगरपालिकालाई वातावरणमैत्री नगर बनाउन सहयोग गर्नसमेत आग्रह गरे ।

    कार्यक्रममा नगर महिला विकास निरीक्षक आशा खरेल,उपनिरीक्षक दुर्गा खरेल, नेकपाका नेता विदुर प्याकुरेल, चुडामणि वाग्ले, अन्तरपाटी महिला संजाल हरिवनकी अध्यक्ष पद्मा मोक्तान, समाजसेवी निषा ठकुरी, नगरकार्यापालिका सदस्य लिली घिसिंग लगायतको उपस्थिती रहेको थियो । तालिम असार २२ गते सम्म चल्ने बताइएको छ ।

    नगरभित्र का ६०जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण कल्याणी खरेलले गरि रहेको नगर महिला विकास निरीक्षक आशा खरेलले जानकारी गराइन् ।

    प्रतिकृया दिनुहोस्

    सांसद दुर्लभ थापा माथि पूर्वमन्त्री बस्नेतको संगीन व्यंग्य र गम्भीर आरोप

    पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत आफ्नो क्षेत्रबाट निर्वाचित सांसद दुर्लभ थापा...

    राष्ट्रिय युवा संघ भक्तपुरमा रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ...

    आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ...

    प्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने कार्यक्रम स्थगित

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर नआउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...