News Portal

  • अस्ताए धरानका मेयर तारा सुब्बा

    नेपालवाल संवाददाताकाठमाडौं, १ साउन
    ११०४ पटक
    काठमाडौं, १ साउन

    धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ । काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उनको निधन भएको हो ।

    तीन वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ५२ वर्षीय सुब्बा फोक्सोमा निमोनियाबाट ग्रसित भएपछि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा आज उनको ज्यान गएको अस्पतालले पुस्टि गरेको छ ।

    जेठदेखि नै बिरामी परेका नगर प्रमुख सुब्बा कामको चापले बढी नै व्यस्त रहनु परेकाले स्वास्थ्य उपचारमा ढिलाई भएको बताइएको छ । प्रमुख सुब्बाको धरानमा बुधबार अन्तिम दाहसंस्कार गरिने जानकारी प्राप्त भएको छ ।

    तेह्रथुमको खाम्लालुङमा जन्मिएका सुब्बा स्कुले उमेरमै बिद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिएका थिए । उनी तत्कालिन नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष हुनुका साथै दुई पटक केन्द्रीय सदस्यसमेत बने ।

    उनका एक श्रीमती र एक छोरा छन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...