News Portal

  • हुम्लाका द्वन्द्व पीडितले पाए राहत

    राजन रावतहुम्ला, ३ साउन
    १११० पटक
    हुम्ला, ३ साउन

    द्धन्द्ध पिडितका लागि राहात बितरण कार्य सम्पन्न भएको छ । सरकारले १० वर्षे सशस्त्र युद्धको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतीपूर्ति स्वरुप रकम जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत बितरण गरेको हो ।
    यो पटक पुनः गृह मन्त्रालयले क्षतिपूर्ति रकम जिल्ला पठाए पछि बिगतका बर्षहरुमा छुटेका पीडित व्यक्तिलाई रहात वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मादव प्रसाद ढुङ्गानाले बताए । यस आर्थिक वर्षमा ३३ लाख रुपियाँ राहत बितरणका लागि जिल्लामा आएको उनको भनाइ छ ।

    कार्य दलको सूची परेका द्धन्द्ध पिडिको बिबरण अनुसार हुम्लामा विस्थापितको संख्या ५३ घरदुरीका १ सय ३२ जना सदस्यहरुले पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो रकम सबै पिडित ब्यक्तिको बैंक खातामा जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हुम्लामा अझै केही द्धन्द पिडित छुटेको पिडित पक्षको गुनासो रहेको छ । गत आर्थिक वर्ष असार अन्तिममा रकम प्राप्त हुँदा प्रभावित सबैलाई वितरण गर्न अपुग भएपछि बाँकी पीडितलाई यस पटक पून आएको हो ।
    शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गतको ‘द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल (२०७४’ ले सिफारिस गरे अनुसार ३० दिन भन्दा बढी समय अपहरणमा परेका र द्वन्द्वको क्रममा पीडित भएर विस्थापित हुन बाध्य भएका व्यक्तिका लागि एक जनाको २५ हजारको दरले राहत बितरण गर्ने कानूुनी ब्यबस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...