News Portal

  • करेन्ट लागेर महिलाको मृत्यु

    राजन रावतसिमकोट, ४ साउन
    ११७४ पटक
    सिमकोट, ४ साउन

    सिमकोट गाउँपालिका वडा नम्बर २ को ग्याग्ुमा बाटोमा हिड्ने क्रममा करेन्ट लाग्दा एक जना महिलाको मृत्यु भएको छ । साथै, अर्की एक जना घाइते भएकी छन् ।

    मृत्यु हुनेमा सोही वडाकी वर्ष ४० की जसी भण्डारी रहेकी प्रहरी नायव उपरिक्षक रबिन श्रेष्ठले जानकारी दिए ।

    यसैगरी वडा नम्बर १ की ३० बर्षिया कल्दरी भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

    दिउँसो जग्गामा काम गरेर फर्कने बेलामा विद्युतको पोलबाट छुटिएर बाटोमा घिस्री रहेको तारले करेन्ट लाग्दा निजको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

    यस्तै, घाइते भण्डारी करेन्ट लागेकी महिलालाई चप्पलले छुटाउन खोज्दा करेन्ट लागेर घाईते भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
    घटनास्थल सिमकोटबाट तीन घण्टा पैदल दूरीमा रहेको छ । घटनास्थलमा फोन सम्पर्क हुँदैन

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...