News Portal

  • बागमती नदिले बगाएर बेपत्ता बनेका दुई युवा मृत अवस्थामा फेला

    प्रेमनाथ पाैडेलसर्लाही, ७ साउन
    १६५९ पटक
    सर्लाही, ७ साउन

    सर्लाही तथा रौतहटको सिमानामा पर्ने बागमती नदिले बगाएर बेपत्ता बनेका दुई युवा मृत अवस्थामा फेला परेका छन् ।

    आइतवारदेखि बेपत्ता बनेका युवाहरुको खोजी कार्यमा संलग्न प्रहरीले सोमबार बिहान साढे आठ बजे तिर बगाएको ठाउँ भन्दा करिब दुई किमि दक्षिण खोलाको किनारमा माटोले पुरिएको अबस्थामा दुवै युवाको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

    साथीहरुसंग बागमती नगरपालिका – ११ बुद्ध शान्ति तपोबन नजिकबाट बागमती नदिमा पौडी खेल्न पसेका लालबन्दी नगरपालिका- १७ रानिगन्जका २२ बर्षिय संजय बस्नेत र सोही ठाउँका राजेश ब्लोन बेपता भएका थिए । अर्का राम श्रेष्ठलाई भने स्थानियले देखेर सकुशल उद्धार गरेका थिए ।

    अहिले बस्नेत र ब्लोनको शवलाई पोस्ट मार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
    यस अघि पनि पटक पटक त्यस क्षेत्रमा नुहाउन जानेहरुलाई खोलाले बगाउने गरेको र त्यस क्षेत्रमा पौडी खेल्न रोक लगाएको भए पनि खोलामा पसेर लुकिछिपी युवाहरु जाने गरेको कारण पनि यस्तो दुर्घटना भैरहेको नेपाली कांग्रेस बागमती नगर कमिटी सभापति दिपक रानाभाटले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...