News Portal

  • केसी पक्षधरलाई प्रचण्डको प्रश्न : अनसनबाटै देश चलाउने भए किन गर्नुपर्यो निर्वाचनको नाटक ?

    नेपालवाल संवाददाताकाठमाडौं, ७ साउन
    २५६२ पटक
    काठमाडौं, ७ साउन

    नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. गोबिन्द केसीको बुइ चढेर राजनीतिक बैतर्नी तर्न खोजिएको आरोप लगाउदै यो लोकतन्त्रबिरोधी गतिविधि भएको भनेका छन् ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँच दिने सूचना प्रविधि तथा नेतृत्व विकास राष्ट्रिय कार्यशालालाइ सोमवार सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले केसी प्रकरण धमिलो पानीमा माछा मार्न खोज्ने पुरानै प्रवित्ति भएको समेत प्रष्ट पारे । उनले डा. केसीको जीवन रक्षा गर्न समेत नदिनेहरु कसरी उनका समर्थक हुन सक्छन भन्दै उनीहरु अस्थिरताका पक्षधर भएको समेत आरोप लगाए ।

    जायज मागहरु सम्बोधन गर्न र चिकित्सा शिक्षा विधेयकमा थपघट गर्न सरकार तयार रहेको तर संसदमाथि नै अविश्वास गरेर विधेयक फिर्ताको हठ लोकतन्त्रको मर्म बिपरित भएको उनको भनाइ छ ।

    ”वार्तामा लेनदेन हुन्छ भनेर वार्ता नै नगर्ने । सरकारको बार्ता टोली संग बस्न नमान्ने, खाली पुरानै सरकारको अध्यादेश पासको रट लगाउने यो कार्य स्वीकार्य हुन सक्दैन ।” उनले भने ।

    शिक्षा क्षेत्रलाई राजनीतिक अराजकता फैलाउने अखडाको रुपमा नलिन चेतावनी दिदै उनले प्रश्न गरे ” देश अनसनले चलाउने हो कि विधि र प्रक्रियाले ? अनसनले नै देश चलाउने भए किन गर्नु पर्यो निर्वाचनको नाटक ? किन चाहियो तीन तहको सरकार ?”

    देउवा सरकारले ल्याउन खोजेको चिकित्सा शिक्षा अध्यादेशको तत्कालिन नेकपा (एमाले)ले विरोध गर्दै आएको थियो । देउवा सरकारले कात्तिक ६ गते चिकित्सा शिक्षा अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालय पठाएको थियो। राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि त्यो लागू हुन सकेन । त्यसलाइ हुबहु लागू गर्नुपर्ने डा केसीको कुरा बर्तमान सरकारले स्वीकार गरेको छैन ।

    कम्युनिष्ट सरकार शिक्षा नीतिमा आमुल परिबर्तन गर्ने सोचका साथ् अघि बढेको र छिट्टै समाजवाद उन्मुख शिक्षा नीति बनाउने दावी गर्दै अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले आफूहरुलाई सिकाउन आवश्यक नरहेको समेत उद्घोष गरे ।

    कार्यक्रममा शिक्षकहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भविश्यका कर्णधार बनाउने अभिभारा शिक्षकको हातमा रहेकोले देश बिकाश र समृद्धिमा शिक्षकको महत्व धेरै भएको भनेका छन् । उनले राजनीतिक आन्दोलनको सफलतामा शिक्षकहरुले सघाए जस्तै अब विकाश र समृद्धिको यात्रामा पनि एकतावद्ध भएर अगाडी बढ्न आह्वान गरे ।

    उक्त अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले गोविन्द केसीको कारण अस्तब्यस्ताको अवस्था सृजना गर्न खोजिएको आरोप लगाउदै संचार जगत पनि जिम्मेवार नभएको जिकिर गरे । डा केसीको जीवन रक्षाका लागि जुम्लाबाट काठमाडौ ल्याउन खोज्दा त्यहाका मुख्यमन्त्री माथि दुर्व्यवहार भएको , प्रहरीमाथि सुनियोजित रुपमा ज्यानलिनेगरि आक्रमण भएको तर समाचारहरुमा सरकारले दमन गरेको र चलाउदै नचलाएको गोली चलाएको कुरा आउनु दुखद भएको उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस्

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा शुक्रवारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...