बनेपाको चारदोबाटोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयहरु आक्रोसित भएका छन । आक्रोसित स्थानीयहरुले टिपरमा आगजनी गर्नुको साथै यातायात अवरुद्ध पारेका छन ।
मोटरसाइकल चालक नमोवुद्ध नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङको मृत्यु भएपछि स्थानीय वासिन्दा आक्रोसित बनेका हुन् । उनीहरुले टिपर चालकहरु सडकमा यमराज बनेर हिड्ने गरेको आरोप लगाएका छन ।
सडक अवरुद्ध भएपछि बीपी राजमार्ग बाट यात्रा गर्ने यातायात प्रभावित भएको खबर छ ।