News Portal

  • शिक्षा पत्रकारद्वय गाउँले र घिमिरेलाई शिक्षा पत्रकारिता पुरस्कार

    नेपालवाल संवाददाताललितपुर, १४ साउन
    १६३१ पटक
    ललितपुर, १४ साउन

    शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । बिगत १४ वर्षदेखि प्रदान गरिदै आएको उक्त पुरस्कार यस पटक गाउले र घिमिरेलाई प्रदान गरिने भएको हो ।

    सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘आजको आवाज मिडिया’ले आजको शिक्षा साप्ताहिकका रोशन क्षेत्री गाउँले र दी काठमाडौ पोस्टका बिनोद घिमिरेलाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा गरेको हो । नगद रु. १० हजार राशीको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारसहित १३ विधामा १५ शिक्षा पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

    चौधरी ग्रुपकाे तर्फबाट सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीका लागि रु. २५ हजार नगद राशीको ज्ञान उदय छात्रवृत्ति पुरस्कार पनि प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    साउन २८ गते कमल पोखरीस्थित रसियन कल्चर सेन्टरमा पुरस्कार वितरण कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष श्याम तण्डुकारले जनाए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...