News Portal

  • कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित)

    नेपालवाल संवाददाता काठमाडौँ, १७ साउन
    १०७५ पटक
    काठमाडौँ, १७ साउन

     राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक नतिजा  ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।

    गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । बोर्डले परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक गरेको हो ।

    जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ छ भने ३ दशमलब २१ देखि ३ दशमलब  ६ शून्य सम्म जिजीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ । यस्तै २ दशमलब  ८१ देखि ३ दशमलब २ शुन्य  ल्याउने २७ हजार ६ सय ४३ छ ।  ५८ हजार ३ सय ४५ ले २ दशमलब  ४१ देखि २ दशमलब ८ शुन्य, ९० हजार २ सय ९९ सय ले २ दशमलब शुन्य १ देखि २ दशमलब ४ शुन्य, ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ सम्म २२ हजार ७ सय ३४ ले १ दशमलब २१ देखि १ दशमलब ६ शुन्य, ४ हजार ४ सय ८७ ले शुन्य दशमलब ८१ देखि १ दशमलब २ शुन्य र शुन्य दशमलब  ८ शुन्य जीपीए ल्याउने विद्यार्थी १ सय ९९ जना रहेको बोर्डले जनाएको छ ।

    यसैगरी आंशिक तर्फ परीक्षामा सम्मिलित १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । उनीहरुको नतिजा भने अंककै आधारमा सार्वजनिक गरिएको हो । उक्त नतिजा अनुसार ३५ दशमलब २ प्रतिशन विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकमा २० जनाको रद्ध र २ जनाको स्थगित भएको बोर्डले जनाएको छ ।

    पहिले बुधवार नतिजा सार्वजनिक गर्ने बताएपनि पछि बोर्डले बिहीवार मात्रै नतिजा सार्वजनिक गर्ने जनाएको थियो । विहिवार विहानै नतिजाका लागि बोर्डको बैठक बसेको थियो ।

    नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...