News Portal

  • जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु

    चितवन, २६ साउन
    १०४४ पटक
    चितवन, २६ साउन

    चितवन, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्।

    आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच४२टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ।

    चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको थियो।

    दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...